दफा २२३
प्राप्त फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्ने

(१) दफा २२२ बमोजिमको म्यादभित्र सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटवारी नदिएमा वा निजले प्रतिउत्तर पेशनगरी म्याद गुजारी बसेमा अदालतले अन्य अंशियारले दिएको सम्पत्तिको फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अंशबण्डा भएकोमा अंशमा चित्त बुझेन भनी नालिस गर्न सकिने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अंशियारले दिएको सम्पत्तिको फाँटवारीमा नखुलेको सम्पत्ति पछि मात्रपत्ता लगाई बण्डा गर्न नालिस गरेमा अदालतले त्यस्तो सम्पत्ति अंशबण्डा गरिदिनु पर्नेछ ।